• २२ भदौ २०८३, सोमबार
  • १२ः४८ दिउँसो

गंगा नदीमा भेटियो नेपाली विद्यार्थीको शव

प्रकाशित मिति

२०७६ फाल्गुन ३० गते, शुक्रबार १०:३२

भारत । दिल्लीको जामिया मिलिया इस्लामिया नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फिल्क्टमा पढिरेका नेपाली विद्यार्थी २५ वर्षे मिलन पौडेलको शव गंगा नदी किनारमा भेटिएको छ। उनको शव उत्तराञ्चलको ऋषिकेशमा भेटिएको हो।

National Life

भारतीय प्रहरीले पौडेल गत मंगलबार होलीमा ४ जना साथीसँग दिल्लीबाट ऋषिकेश पुगेका थिए र त्यहाँ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जनाएका छन्। पौडेल पानीमा डुबेपछि उनलाई बचाउन अन्य साथीहरू पनि पानीमा हाम फालेका थिए। सो क्रममा गएका भारतको जम्मु-कश्मिर घर भएका उनका साथी तुषार कौशिकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

टाइम्स अफ इण्डियामा प्रकाशितर समाचारका अनुसार घटना मंगलबार भए पनि प्रहरीलाई भने बुधबारमात्र खबर गरिएको थियो। त्यसैगरी अन्य दुई विद्यार्थी भूमिका र साहिललाई एकजना जर्मन पर्यटकले जीवितै उद्धार गरेका थिए । जामियाका अध्ययनरतः पौडेलले पछिल्लो समय ३ महिना यता दिल्लीमा भड्किएको धार्मिक दंगामा वृत्तचित्र बनाइरहेका थिए।

Classic Tech Desktop

प्रतिकृया