आवाज नेपालद्दारा ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा क्याफे टक
प्रकाशित मिति
२०७६ फाल्गुन २५ गते, आईतवार ०९:२७
काठमान्डौँ । युवाका साथ आवाज नेपालले ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा क्याफे टक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा युवावहरुले महिला सशक्तीकरण, महिला सम्बन्धि अन्धबिस्वास र बास्तबिकता, नेतृत्व तहमा महिला सहभागीता, लैङ्गिक समानता र महिलाको अवस्थाको बारेमा समुहमा छलफल गरिएको थियो । तिनवटा सत्रमा संचालित कार्यक्रममा समूह कार्य, मुल्यमान्यतामा सम्बाद र प्यानल छलफल गरिएको थियो ।
प्यानलमा बक्ताका रुपमा समग्र रास्टृय किशोरी सन्जालका अध्यक्ष मेनुका थापा, हामी दाजुभाइका सस्थापक अध्यक्ष सन्जोग ठकुरी, योसानका सस्थापक सृजना बज्राचार्य र समाजसेवी बिस्णुहरी दाहालले प्रस्तुती गर्नुभएकोमा कार्यक्रम सन्चालन युवाका साथ साथ आवाज नेपालका सचिव श्रीकृष्ण थापाले सन्चालन गर्नुभएको थियो ।
कार्यक्रमको सहआयोजक योसान र सहकार्य ओरेक नेपालले गरेको थियो ।






प्रतिकृया