• ६ असोज २०८३, मंगलबार
  • ९ः१३ राती

टी–ट्वेन्टी विश्वकप क्रिकेट : भारत र अष्ट्रेलिया उपाधिका लागि भिड्दै

प्रकाशित मिति

२०७६ फाल्गुन २३ गते, शुक्रबार ०८:०९

एजेन्सी । महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने भएका छन् । फाइनल खेल अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भोलि हुनेछ ।

National Life

वर्षाले प्रभावित दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले डीएल मेथडका आधारमा दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्दै विश्वकपको फाइनलमा स्थान बनायो । चार पटकको च्याम्पियन अष्ट्रेलियाले छैटौ पटक विश्वकपको फाइनलमा स्थान बनाएको हो ।

उसको प्रतिद्वन्द्वी भारत भने सेमफिाइनल खेल नखेली फाइनलमा प्रवेश गरेको हो । भारत र इङ्ल्याण्डबीच पहिलो सेमिफाइनलको खेल वर्षाले रद्द भएपछि समूह चरणमा गरेको प्रदर्शनको आधारमा भारत फाइनलमा पुगेको हो । समूह चरणमा भारतले सबै खेलमा जित निकाल्दै अंक तालिकामा शीर्ष स्थान ओगटेको थियो । भारत महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको यो पहिलो अवसर हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया