• १९ भदौ २०८३, शुक्रबार
  • १०ः४७ राती

“पहिलो रोजाइमा घरकै खाना” : माल्भिका सुब्बा

प्रकाशित मिति

२०७६ फाल्गुन २२ गते, बिहीबार ०८:३९

बिहान ५ देखि ६ बजेसम्म उठिसक्छु । उठ्नेबित्तिकै पानी पिउँछु । त्यसपछि कालो चिया र बिस्कुट खाने गर्छु । आफूलाई फिट राख्नका लागि सबैभन्दा बढी खानेकुरामा नै ध्यान दिने गर्छु । घरमै पाकेको नेपाली खाना (दाल–भात–तरकारी) खाएर काममा जान्छु । समय नमिलेको अवस्थामा भने ब्रेकफास्टमा अन्डा–ससेज जस्ता खानेकुरा खाएर काममा निस्कन्छु ।

कामको सिलसिलामा बाहिर भएका वेला भने बिहानको खाना उतै खान्छु । चिल्लो, पिरो र मसालेदार खाना सकभर नखाने कोसिस गर्छु । खाजा एकदमै कम खान्छु । दिउँसो ३ बजे खाजा खाइसक्छु । साँझ ७ बजेतिर खाना खाइसक्छु । घरमा पाकेको खाना एकदमै सादा हुन्छ । छुट्टी भएको र बाहिर काम नभएको समयमा भने हरियो सागसब्जी बनाएर खान्छु ।

Kamana Sewa

प्रतिकृया