• २१ भदौ २०८३, आइतबार
  • ३ः४७ दिउँसो

सार्वजनिक यातायातमा आरक्षण सिट अनुगमनका लागि स्कुटरमा महिला टोली

प्रकाशित मिति

२०७६ फाल्गुन १८ गते, आईतवार ०३:३७

काठमाडौँ,  उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा आरक्षण सिटनुगमनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्कुटरमा २ जना महिला ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

National Life

सार्वजनिक सवारी साधनमा आरक्षण सिट राखे नराखेको, आरक्षण सिटमा सम्बन्धित मानिसलाई राखे नराखेको, जेष्ठ नागरिक तथा विद्यार्थीले पाउने छुट दिए नदिएको, सिटमा लेखिए पनि अस्पष्ट तथा केरमेट भएको विषयमा अनुगमनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्कुटरमा २ जना महिला ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

सरकारले दिएको छुट र आरक्षण सिट पूर्णरुपले कार्यान्वयन नभएको, आरक्षण सिट खोज्दा अपमानित हुनुपरेको, दुर्व्यवहार गरेको, भाडामा दिइँदै आएको छुट नदिएको, महिलामैत्री नभएको जस्ता यात्रुहरुको गुनासो बढ्दै गएपछि यात्रामा भोग्नु परेका समस्याबारे ठाउँको ठाउँ सुनुवाईको लागि आरक्षण सिट अनुगमन टोली खटाईएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभयो ।

Classic Tech Desktop

उनले भने “ सार्वजनिक यातायात प्रति सबैको अपनत्व महशुस गर्न र आफ्नो अधिकारबाट वञ्चित भएकालाई सहयोग गर्नका लागि यो टोली परिचालन गरिएको हो ।”

महाशाखाका प्रमुख भएर आएयता नै एसएसपि ढकालले काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारीहरूलाइ सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउन आफै सडक पुगेर अनुगमन समेत गरेको र अनुगमन पनि तीव्र बनाएका छन् ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिबन कुमार श्रेष्ठले भने – “यात्रुहरूले आरक्षणको सिटका लागि आवाज उठाउँदा अरु व्यक्तिका अगाडि खिल्ली तथा उपहासको पात्र हुनु परेको भन्ने जनगुनासोलाई समाधानको लागि २ जना महिला ट्राफिक प्रहरीलाई दैनिक ५० भन्दा बढी सार्वजनिक साधनहरू अनुगमनको लागि परिचालन गरिएको हो, यस टोलीले आजदेखि निरन्तर उपत्यकाको सबै ठाउँमा गई अनुगमन गर्नेछ ।”

कानुनी व्यवस्था

सार्वजनिक यातायातमा आरक्षण सिट कानुनत उल्लेख नै गरिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०७ मा सार्वजनिक यातायातमा महिला तथा अपांग, जेष्ठ नागरिक, अशक्तका लागि सिट सुरक्षित राख्नुपर्ने व्यवस्था गर्नुपर्ने कुरा उल्लेख छ ।

त्यस्तै दफा १०९ मा सवारी चालक, यात्री लगायत कसलै पनि कसैसँग अभद्र, अशिष्ट शव्द र भेदभावपूर्ण अनुचित व्यहवहार गर्न नपाइने प्रस्ट उल्लेख गरिएको छ ।

यात्रुवाहक सवारीमा तोकिए बमोजिम सिट सुरक्षित नराखेमा ट्राफिक प्रहरीले एक हजार जरिवाना गराउँदछ ।

महिला आरक्षण, अपांग सिट, जेष्ठ नागरिक सिट वा जुन सिट जसका लागि भनी उल्लेख भएको हो सोहि अनुसार नियम पालना गर्नु हरेक नागरिकको कर्तव्य हो ।

सचेत तथा असल अनि इमानदार नागरिक हुनुहुन्छ र सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहन्छ भने याद राख्नुस्, कतै तपाई यस्तै अपांग र महिला सिटमा त बस्नुभएको छैन र ?

सार्वजनिक यातायातमा रहेको आरक्षण सिटको पूर्ण पालना र सही सदुपयोग लागि सम्बन्धित सम्पूर्णमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अनुरोध गरेको छ ।

प्रतिकृया