• २६ भदौ २०८३, शुक्रबार
  • ९ः०७ बिहान

वामदेवले संविधान संशोधनको शर्त छाडेपछि राष्ट्रियसभामा लान लागिएको अध्यक्ष दाहालको खुलासा

प्रकाशित मिति

२०७६ फाल्गुन १७ गते, शनिबार ०१:२९

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधनको शर्त छाडेको खुलासा गर्नु भएको छ । शनिबार सुकुटेमा पत्रकार भेटघाटमा उहाँले गौतमले राष्ट्रियसभा सदस्य मनोनित हुनेमा संविधान संशोधनको शर्त छाडेको खुलासा गर्नुभएको हो ।

National Life

सम्मेलनमा प्रचण्डले वामदेव गौतमलाई राष्ट्रिय सभामा लाने पार्टी सचिवालय बैठकको निर्णयको पक्षमा बोल्दै भने, ‘राष्ट्रियसभामा जान संविधान संशोधन शर्त बनाउनु भएन भन्ने पार्टीको आग्रहलाई गौतमले मान्नुभयो, लामो राजनीतिक अनुभव भएका वामदेवजीलाई राष्ट्रियसभामा लैजाँदा संस्थाको इज्जत नै बढ्छ । ’

अध्यक्ष प्रचण्डले गौतमको संविधान संशोधन गरेर राष्ट्रियसभामा जाने चाहना भएपनि त्यसबाट पछि हटेको स्पष्ट पार्नुभयो । जीवन्त पार्टीमा संघर्ष र बहस हुनु सामान्य भएको समेत स्पष्ट पार्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया