हरेक प्रहरी कर्मचारीले आफूलाई समयसापेक्ष कार्य दक्षता बनाउनुपर्छ : आईजीपी ज्ञवाली
प्रकाशित मिति
२०७६ फाल्गुन १७ गते, शनिबार ०१:०३
कास्की, प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीले व्यवसायिक कार्यदक्षताले भरिपूर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनको उद्देश्यले सार्थकता पाउने भएकाले अब हरेक प्रहरी कर्मचारीले आफूलाई समयसापेक्ष कार्य दक्षता एवं असल आचरणयुक्त बनाउनुपर्ने बताउनु भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा शुक्रबार उक्त कार्यालय मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताउनु भएको हो ।
प्रहरी महानिरीक्षक ज्ञवालीले समयको परिवर्तनसँगै आम नागरिकको प्रहरीप्रतिको आस्था र विश्वास एवं अपेक्षा बढ्दै गइरहेको र नागरिकले प्रहरीलाई आफ्नो प्रमुख सहयात्रीका रुपमा लिएकाले प्रहरीले पनि नागरिकप्रति उत्तरदायी भई थप जनमुखी प्रहरी सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो ।
मानव अधिकारको संरक्षण एवं प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने चर्चा गर्दै उहाँले राज्यको कानून कार्यान्वयन गर्ने प्रमुख अंग प्रहरी संगठनका कुनै पनि प्रहरी कर्मचारीलाई कार्यक्षेत्रमा आफ्नो संयमता र धैर्यता गुमाउने छुट नभएको स्पष्ट समेत पर्नुभयो ।






प्रतिकृया