भौतिक पूर्वाधार मन्त्री नेम्वाङको प्रगति विवरण सार्वजनिक, यस्तो छ प्रगति विवरण
प्रकाशित मिति
२०७६ फाल्गुन १७ गते, शनिबार १२:१६
काठमाडौं, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले सय दिनमा सम्पन्न गरेका कामको विवरण सार्वजनिक गर्नुभएको हो ।
सय दिनमा काठमाडौं उपत्यकाको सडकमा रहेका खाल्डा पुर्नु र सडक कालोपत्रे गर्नुलाई मुख्य उपलब्ध रूपमा व्याख्या गरेका गर्नु भएकाके छ ।
प्रगति विवरणमा उल्लेख गरिएको छ, ‘यस अवधिमा मात्र सडक विभागअन्तर्गत रहेका सडकहरुमा ९ हजार ५०० वटा खाल्डाखुल्डी पुरिएका छन् भने करिब २७ किमि सडकमा कालोपत्रे भएको छ,’
असार मसान्तसम्म काठमाडौं उपत्यकाका थप ८५ किमि सडक कालोपत्रे गर्ने लक्ष्य रहेको उल्लेखख गर्नुभएको छ । आफूले नीतिगत सुधार, संगठनिक सुधार र विकास गरी मुख्य ३ वटा रणनीतिअनुसार तीव्रतासाथ काम अघि बढाएको र त्यसको नतिजा क्रमशः आउन थालेको समेत उहाँले बताउनुभयो ।






प्रतिकृया