• २६ भदौ २०८३, शुक्रबार
  • ८ः०८ बिहान

भक्तपुरबाट बिप्लब समुहका दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन १७ गते, शनिबार ०१:५१

भक्तपुर, शंकास्पद गतिबिधि गरिरहेको अवस्थामा सोधपुछ गर्दा प्रहरी कर्मचारीहरुलाई अभद्र ब्यवहार गरेको आरोपमा बिप्लब समुहका दुई जना पुर्व सेक्रेटरी पक्राउ परेका छन् । सोधपुछका क्रममा प्रहरी कर्मचारीहरुलाई गाली गलौच तथा अनावश्यक हैरानी दिएको उनीहरु भक्तपुरबाट विहीबार पक्राउ परेका हुन् ।

National Life

पक्राउ पर्नेमा कालिकोट रुक्सा गाउपालिका–४ का हाल मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ निकोसेरा बस्ने भक्तपुर जिल्ला पुर्व जिल्ला सेक्रेटरी ३१ वर्षीय कुशल बोगटी र रोल्पा त्रिबेणी गाँउपालिका वडा नं. ५ जुगाँर घर भई मध्यपुर ठिमी नगरपालिका वडा नं २ बस्ने भक्तपुर जिल्ला पुर्व जिल्ला सेक्रेटरी ३१ वर्षीय बुद्धि लाल पुन रहेका सूचना अधिकृत प्रहरी नायब उपनिरीक्षक दिपक गिरीले जानकारी दिनु भएको छ । उहाँका अनुसार उनीहरुमाथि कानुन बमोजिम मुलुकी फौजदारी अपराध संहिता २०७६ को दफा ११८ बमोजिम अभद्र ब्यवहारमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको छ ।

प्रतिकृया