• २६ भदौ २०८३, शुक्रबार
  • २ः२५ दिउँसो

कोरोनाभाइरसले विश्व सेयर बजारमा गिरावट

प्रकाशित मिति

२०७६ फाल्गुन १७ गते, शनिबार १०:२३

काठमाडौं, कोरोनाभाइरसको प्रकोप फैलिएपछि लगानीकर्तामा देखिएको डरका कारण संसारभरको सेयर बजार ओरालो लागेको बेला लन्डनको फुट्सी १०० इन्डेक्स तीन प्रतिशतभन्दा बढीले घटेको छ। एशियाली सेयर बजारमा झन् ठूलो असर परेको छ भने अमेरिकाको डाउ जोन्सले सबैभन्दा ठूलो गिरावट भएको दिन देखेको छ।

National Life

लगानीकर्ताहरूमा कोरोनाभाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी देखिने डर देखिएको छ। इटलीमा समेत प्रकोप देखिएको समाचारहरूले पहिले अपेक्षा गरिएभन्दा ठूलो असर देखिन सक्ने अनुमान गरिएको छ।

‘बजार आवश्यकताभन्दा बढी आशावादी भएको थियो, अहिले आवश्यकताभन्दा बढी निराशावादी भएको छ,’ आईएनजीका ग्रेटर चाइना अर्थविद् आइरिस पाङले भने।

Classic Tech Mobile
Classic Tech Desktop

स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्कका रणनीतिकार मयङ्क मिश्रले थपे ‘पहिले चीनमा लगाइएका प्रतिबन्धहरूका कारण बजारमा एक खालको सहजता देखिएको थियो। तर चीनबाहिर विशेषगरी दक्षिण कोरिया, इटली र जापानमा कोरोनाभाइरस फैलिएपछि चिन्ता बढेको छ।’

शुक्रवार बिहान सेयर बजार खुल्दा सबै युरोपेली शेअर बजारहरू ओरालो लागेका छन्। जर्मनीको सेयर बजार ३.६ प्रतिशतले र फ्रान्सको सेयर बजार ३.१ प्रतिशतले घटेर खुलेका थिए। यसअघि एशियामा जापानको सेयर बजार ३.७ प्रतिशतले घटेपछि यो साता कूल ९ प्रतिशतको गिरावट आएको छ।

अस्ट्रेलियाको शेअर बजार ३.३ प्रतिशतले घट्यो जुन सन् २००८ यताको सबैभन्दा ठूलो गिरावट हो। भारतका निफ्टी ५० र सेन्सेक्स शेअर बजार दुवै लगभग तीन प्रतिशतले घटेको छ। चीनको साङ्घाई कम्पोजिट इन्डेक्स शुक्रवार ३.७ प्रतिशतले घटेको छ। बीबीबाट साभार

प्रतिकृया