• ७ असोज २०८३, बुधबार
  • ९ः५३ बिहान

ओली बाहेक नेकपाका शीर्ष नेताबीच खुमलटारमा बैठक

प्रकाशित मिति

२०७६ फाल्गुन १६ गते, शुक्रबार १२:३७

काठमाडौँ । शुक्रबार बिहान करिब ८ बजेदेखि प्रचण्ड निवास खुमलटारमा छलफल शुरु भएको छ । प्रधानमन्त्री ओली बाहेकका शीर्ष नेताहरु अध्यक्ष प्रचण्डको खुमलटार निवासमा छलफलमा उपस्थित थिए ।

National Life

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आयोजित खुमलटारको छलफलमा उपस्थिति नदेखिए पछि पार्टी भित्र समस्या रहेको अनुमान लाउन सकिन्छ ।

उक्त छलफलमा अध्यक्ष प्रचण्डका अतिरिक्त वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलगायत सहभागी भएका जनाइएको छ । पछिल्लो समय पार्टीमा देखिएको समस्या र त्यसको समाधानका विषयमा केन्द्रित रहेर छलफल भएको जनाइएको छ । बुधबार बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गर्दा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले चुनौती दिएपछि नेकपामा आन्तरिक विवाद बढेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओलीसँग भेट गर्नुभन्दा अगाडि पार्टीले गरेको निर्णयका विषयमा पुनः केही वीमर्श गर्ने भनेर नेताहरु अध्यक्ष (प्रचण्ड)कहाँ भेला भएको अध्यक्ष प्रचण्डका निकट स्रोतले बताएका छन् ।

प्रतिकृया