मौसमविद् भन्छन् : ’अब दिनहुँजसो चट्याङसहित वर्षा भइरहन्छ’
प्रकाशित मिति
२०७६ फाल्गुन १३ गते, मंगलवार ०८:४४
काठमाडौं । केहि दिन यता देशका विभिन्न भागमा चट्याङसहित हुँदै आएको वर्षाले आज (मंगलबार) पनि निरन्तरता पाउने भएको छ । प्रि-मनसुुन गतिविधि सुरु भएकाले अब देशका विभिन्न ठाउँमा दिनहुँजसो चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले नेपाल समयलाई जानकारी दिए ।

उनका अनुसार आज (मंगलबार) र भोलि (बुधबार) देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मध्य र पूर्वको धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको उनले जानकारी दिए ।
काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रमा भने दिउँसो २/३ बजेपछि मौसम बद्लिभइ वर्षा हुने सम्भावन रहेको मौसमविद् पौडेलले जानकारी दिए । बिहीबार र शुक्रबार मौसम सफा हुनेछ भने शनिबार र आइतबार पुनः चट्याङसहित वर्षाको सम्भावना रहेको छ । प्रि मनसनुन गतिविधि सुरु भएकाले यस्तो क्रम चलिरहने उनले बताए ।




प्रतिकृया