‘कोरोना भाइरस’ सङ्क्रमणबाट आइतबार चीनमा थप सय जनाको मृत्यु
प्रकाशित मिति
२०७६ फाल्गुन ५ गते, सोमबार ०८:३५
एजेन्सी । चीनको हुबेई प्रान्तमा आइतबार थप सय जनाले ‘कोरोना भाइरस’को सङ्क्रमणबाट ज्यान गुमाएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार आइतबार हुबेईमा सय जनाको मृत्यु भएको हो। यससँगै हुबेईमा मात्र कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ६ सय ९६ पुगेको छ भने विश्वभर कूल १ हजार ७ सय ७० पुगेको छ ।
आइतबार थप १ हजार ९ सयभन्दा बढीमा उक्त भाइरसको सङ्क्रमण भेटिएको हुबेईका अधिकारीले जनाएको छ। कोरोनाको उत्पत्तिस्थल हुबेईमा हालसम्म सङ्क्रमितको सङ्ख्या ५८ हजार १ सय ८२ पुगेको छ। विश्वभर गरेर यो सङ्ख्या ७१ हजार २ सय ४ पुगेको छ ।
हुबेई प्रान्तको राजधानी उहानबाट सुरु भएको उक्त भाइरसको सङ्क्रमण हाल विश्वका ३० भन्दा बढी मुलुकमा फैलिसकेको छ। उक्त भाइरस नियन्त्रणका लागि प्रयास गरिरहेको भए पनि हालसम्म सफल हुन सकेको छैन ।
Related
Recent News
- विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट सुझाव संकलन सुरु
- सिद्धार्थ बैंकका ग्राहकहरुलाई बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १०% सम्मको छुट
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- महालक्ष्मी विकास बैंक ISO 9001: 2015 बाट तेस्रो पटक प्रमाणित
- न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया