नयाँ बसपार्क शुद्धिकरण अभियान : यौनकार्यमा संलग्न ५७ जना पक्राउ
प्रकाशित मिति
२०७६ फाल्गुन ५ गते, सोमबार ०८:५५
काठमाडौें । संघीय राजधानी काठमाडौमा विसंगती र विकृतिरहित बनाउन प्रहरीले नयाँ बसपार्क शुद्धिकरण अभियान चलाउने क्रममा आज ५७ जनालाई पक्राउ गरेको छ ।
केही दिनअघि पनि प्रहरीले अवैध कृयाकलापमा संलग्न रहेको अवस्थामा ठूलो संख्यामा युवा युवतीहरु पक्राउ गरेको थियो । गोंगबु बसपार्क क्षेत्रमा अवैध धन्दा संचालन हुँदै बदनामी कमाईरहेका बेला प्रहरीले यसक्षेत्रलाई विशेष निगरानीमा राख्दै यो अभियान शुरु गरेको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत स्विप अपरेसन संचालन गरिएको बताएका छन् । यस क्रममा ठूलो संख्यामा दोस्रोपटक गएराति ५७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले चलाएको स्वीप अपरेशन अन्तर्गत पक्राउ पर्नेमा पटके र जबरजस्ती करणीमा फरार रहेका अभियुक्तहरुसमेत रहेका छन् । पक्राउ परेका ५७ जनालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै अपरेसनका क्रममा प्रहरीले १ सय लिटर अवैध घरेलु मदिरा पनि नष्ट गरेको छ । गोंगबु नयाँ बसपार्क क्षेत्रभित्र हुने अनाधिकृत कार्य रोक्न प्रहरीले पछिल्लो पटक शुद्धीकरण अभियान चलाउँदै आएको छ ।






प्रतिकृया