• १ असोज २०८३, बिहीबार
  • १२ः४३ राती

‘बोल्ड फोटोसुट’का कारण सधैं चर्चामा चोपडा

प्रकाशित मिति

२०७६ फाल्गुन २ गते, शुक्रबार १०:२२

एजेन्सी । बोल्ड फोटोसुटका कारण सधैं चर्चामा रहने बलिउड नायिका शर्लिन चोपडा अझै पनि सामाजिक सञ्जालमा उत्तिकै चर्चित छिन् । ३६औं वसन्तमा पाइला टेकेकी चोपडा सन् २००५ मा फिल्म ‘टाइमपास’ बाट बलिउड प्रवेश गरेकी हुन् । उनी हिन्दीबाहेक तेलगु, अंग्रेजी फिल्ममा पनि काम गरेकी छिन्। तेलगुमा भने ‘ए फिल्म बाय अरविन्द’ उनको पहिलो फिल्म हो ।

National Life

फिल्म क्षेत्रमा करियर बनाउने क्रममा चोपडाले दिएका विवादास्पद अभिव्यक्ति र फोटोसुटका कारण उनी चर्चामा छाइरहन्छिन् । सन् २०१२ मा ‘प्लेब्वाई’ म्यागाजिनको लागि ‘न्युड फोटोसुट’ उनको निजी जिन्दगीमा समेत उथलपुथल आएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, चोपडाले ‘सेक्स लाइफ’ को बारेमा दिएको भनाइ पनि उत्तिकै चर्चित बनेको थियो। उनले एक कुराकानीमा रकमको लागि मोडलिङको समयमा धेरैजनासँग बेड सेयर गरेको बताएकी थिइन् । फिल्मदेखि व्यक्तिगत जीवनमा पनि उत्तिकै चर्चामा रहेकी चोपडा २००९ को ‘बिग बोस’ को सिजन ३ मा पनि सहभागी भएकी थिइन्। उनी गायिकासमेत हुन् ।

 

प्रतिकृया