• ३ असोज २०८३, शनिबार
  • १ः४९ दिउँसो

केएल राहुलको शतकीय पारीमा भारतले दियो न्युजिल्यान्डलाई बलियो लक्ष्य

प्रकाशित मिति

२०७६ माघ २८ गते, मंगलवार १२:००

एजेन्सी । केएल राहुलको शतको सहयोगमा न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले अन्तिम एकदिवसीयमा न्युजिल्यान्डलाई २९७ रनको लक्ष्य दिएको छ ।

National Life

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धा्रित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनायो । भारतका लागि केएल राहुलले शतकीय पारी खेले । ११३ बल खेलेका राहुलले ९ चौका र २ छक्काको सहयोगमा ११२ रन बनाए ।

भारतका लागि शेयस अ‍ैरले अर्धशतकीय पारी खेले । ६३ बल खेलेका अ‍ैरले ९ चौकाको सहयोगमा ६२ रन बनाए । त्यस्तै महेन्क पाड्यले ४३ रन जोड्दा पृथ्वी सवले ४० रन जोडे ।

Classic Tech Mobile
Classic Tech Desktop

बलिङतर्फ न्युजिल्यान्डका लागि हमिस बेनेटले सर्वा्धिक चार विकेट लिए । जिम्मी निशम र केले जामिशनले एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्दै न्युजिल्यान्डलाई सिरिज क्लिन स्विप गर्ने मौका छ ।

प्रतिकृया