• ५ असोज २०८३, सोमबार
  • २ः१८ राती

समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बनाएकोमा उपरिक्षक खनाल सम्मानित

प्रकाशित मिति

२०७६ माघ २८ गते, मंगलवार ११:५८

बारा, बारा जिल्लाको शान्ति सुरक्षामा अहम भुमिका खेलेको भन्दै विभिन्न सरकारी संघ संस्थाद्धारा प्रहरी उपरिक्षक विकासराज खनाल सम्मानित भएका भएका छन् । भदौ महिनामा बारा जिल्ला सरुवा हुनुभएको प्रहरी उपरिक्षक खनाल आफनो करिव छ महिनाको कार्य अवधिमा जिल्लालाई पुर्ण रुपमा अपराध मुक्त बनाउदै गाउँ–गाउँमा पुगेर समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारीको साथमा चलाई जनचेतना फैलाएका थिए ।

National Life

विद्यालयमा पुगेर विद्यार्थीहरुलाई महिला हिंसा, बाल विवाह, बहुविवाह सम्बन्धि जनचेतना फैलाए भने गाउँघरम सडक नाटक मंचन गराई स्थानियलाई सचेत उनले बोर्डरमा हुने तस्करीलाई पुर्ण रुपमा नियन्त्रण गर्न सफल भएका थिए । प्रहरी उपरिक्षक खनालको डरले तस्करहरुमा त्रास फैलिएको थियो । नेपाल सरकारको राजस्वमा पनि उल्लेख्य बृद्धि भएको थियो ।

फरार अभियुक्तलाई पक्राउ गर्न विशेष फोर्स तैनाथ गरि जनप्रतिनिधि लगायत अदालतबाट फैसला भएका अभियुक्तहरुलाई धमाधम पक्राउ गर्न सफल भएका थिए । जसले गर्दा फरार अभियुक्तहरु पनि उनको डरले आफै आत्मसर्पण गर्न बाध्य भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

विभिन्न मुद्धामा दुई सय भन्दा बढि फरार सुचिमा रहेको अभियुक्तहरुलाई पक्राउ गरि जेल चलान गर्न सफल भएका थिए । प्रहरी उपरिक्षक खनालले पिडितले लिएर आएको गुनासो सिधै आफुसँग भेटने वातावरण मिलाएकोले उनि जनताको मन मष्तिकमा बस्न सफल । प्रहरी उपरिक्षक खनाल आए बेला देखि नै जिल्लमा शान्ति सुव्यवस्थामा निकै नै सुधार भएको औल्याएका थिए । सवैसँग समान व्यवहार गर्ने गरेकोले नै उनको कार्यकाल सफल रहेको थियो ।

 

 

 

 

प्रतिकृया