• २४ भदौ २०८३, बुधबार
  • २ः३७ दिउँसो

आलुले राम्रो मुल्य पाउदाँ किसान हर्षित

प्रकाशित मिति

२०७६ माघ २७ गते, सोमबार ०९:२८

सर्लाही । बरहथवा र बागमती नगरपालिकाका किसानले अघिल्लो वर्षको तुलनामा यस वर्ष आलुको राम्रो मूल्य पाएपछि खुसी भएका हुन् । आलुको राम्रो मुल्य पाएपछि सर्लाहीका किसान खुसी छन्।

National Life

आलु उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको बरहथवा र बागमतीका किसानले आलुबाट मनग्य आम्दानी गरेका छन् । अघिल्लो वर्ष आलु उत्पादनबाट राम्रो आम्दानी गर्न नसकेका बरहथवा नगरपालिका–५ का जगलाल महतोले यस वर्ष राम्रो आम्दानी भएको बताए। आलु खरिद गर्न ठेकेदारहरु बारीमै आउने गरेको किसानहरु बताउँछन् ।

आलु खेती गर्दै आएका महतोले यस वर्ष १० कठ्ठा क्षेत्रफलमा आलु खेती गरेका छन्। उनले प्रतिकिलो १९ रुपैयाँमा खेतबाटै बेचेका छन्। खर्च कटाएर प्रतिकठ्ठा १० देखि १२ हजारसम्म आम्दानी हुने उनले बताए। बागमती–८ का शंकरपुरका जंगली लामाले प्रतिबिगाह तीन लाख रुपैयाँसम्म आम्दानी गरेका छन्। गत वर्ष १३ देखि १५ रुपैयाँ प्रतिकिलो बिक्री भए पनि यस वर्ष भाउ राम्रो भएका उनले बताए। सरकारबाट बिउबिजन र मलमा अनुदानको व्यवस्था गरिदिए आलुखेतीबाट किसानले अझै लाभ लिन सक्ने उनको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवानन्द रायका अनुसार जिल्लाभर १४ सय ८० हेक्टर क्षेत्रफलमा आलु खेती भएको छ । यस वर्ष सर्लाहीमा मात्र तीन लाख ५२ हजार २०० क्विन्टल आलु उत्पादन हुने केन्द्रका प्रमुख रायले बताए ।

प्रतिकृया