• २५ भदौ २०८३, बिहीबार
  • ४ः४९ बेलुका

अब कार वा मोटरसाइकल किन्नुपूर्व ट्राफिक सम्झौँता गर्नु पर्ने

प्रकाशित मिति

२०७६ माघ २७ गते, सोमबार ०९:१७

काठमाडौं । अब कुनै व्यक्तिले गाडी वा मोटरसाइकल किन्नुअघि सवारी नियम पालना सम्बन्धि प्रतिवद्धता सम्झौँता पत्रमा हस्तारक्षर गर्नु पर्ने भएको छ । सवारी विक्रेताले समेत सवारी नियम पालना सम्बन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएर मात्र बिक्री गर्नु पर्ने व्यवस्था लागु गर्ने तयारी भइरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

National Life

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकालले उपत्यकाका मुख्य स्थानहरुमा ट्राफिक लाइट राखिनुका साथै सिसिटिभीको समेत व्यवस्था भइरहेको जानकारी दिए । उनले सडक पूर्वाधार विकासमा जोड दिदै सडक लेन मार्किङ, संकेत बोर्डहरु राख्ने काम सुरु गर्न लागिएको बताए । यस्तै कोटेश्वर सडकखण्डमा थप लेन निर्माणका लागि सरोकारवालाहरुसँग छलफल भइरहेको र आगामी दिनहरुमा स्कुलमा ट्राफिक चिल्ड्रेन पार्क बनाउने योजना समेत कार्यक्रममा पेश गरिएको थियो ।

महाशाखाका अनुसार यो नियम कार्यान्वयन गर्ने विषयमा नाडा अटोमोवाइल एसोशिएसन अफ नेपालसँग छलफल भइरहेको जनाइएको छ । उपत्यकामा आयोजित पत्रकार सम्मेलनमा ट्राफिक महाशाखाले आफ्ना आगामी कार्ययोजना पेश गरेको थियो । सो योजना अनुसार प्रविधिमैत्री ट्राफिक व्यवस्थामा जोड दिइने जानकारी दिइयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया