• १९ भदौ २०८३, शुक्रबार
  • ९ः२३ बिहान

निकुञ्जमा ५ महिनाको गैंडा मृत फेला

प्रकाशित मिति

२०७६ माघ २६ गते, आईतवार ०७:५२

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी बच्चा गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैंडा मृत अवस्थामा भेटिएको हो ।

मृत गैंडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिए । भालेको आक्रमणबाट उक्त गैंडा मरेको हुनसक्ने उनले बताए । चालु आवमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैंडा योसँगै १५ पुगेको छ ।

Kamana Sewa

प्रतिकृया