• २० भदौ २०८३, शनिबार
  • ३ः२९ दिउँसो

एफडीआई सात महिनामै २ गुणाले बढेर साढे २८ अर्ब

प्रकाशित मिति

२०७६ माघ २६ गते, आईतवार ०७:४२

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनासम्ममा वैदेशिक लगानी प्रतिवद्धता उत्साहजनक देखिएको छ । वैदेशिक लगानीका लागि प्रवेशद्वार मानिएको उद्योग विभागमा चालू आर्थिक वर्ष सुरु देखि माघ दोस्रो सातासम्म २८ अर्ब ४१ करोड रुपैयाँको प्रतिवद्धता आएका छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ गुणाले बढी हो ।

National Life

गत आर्थिक वर्षमा कुल २५ अर्ब ४८ करोड लगानी प्रतिवद्धता आएको थियो । विभागका अनुसार सरकारले गत वर्षको चैतमा अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलन आयोजना गरेको थियो भने त्यो भन्दा दुई वर्षअघि पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । दुवै सम्मेलनमा उत्साहजनक प्रतिवद्धतामा पनि वृद्धि भएको छ । चालू वर्षमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानीका प्रतिवद्धता आएका छन् ।

एकातर्फ सरकारले आयोजना गरेको अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलन र अर्कोतर्फ सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने योजनाले पनि यो क्षेत्रमा लगानी प्रतिवद्धता बढेको सरकारले विश्वास लिएको आजको कारोबार दैनिकले बताएको छ ।

Classic Tech Desktop

प्रतिकृया