काठमाडौं भित्रन अब सवारीसाधन धुनुपर्ने
प्रकाशित मिति
२०७६ माघ २२ गते, बुधबार ०५:०८
काठमाडौं। सरकारले काठमाडौं भित्रने सवारीसाधनले धूलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौं भित्रिने सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ ।उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
उनका अनुसार विभागले अहिले धादिङको विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ । उपयुक्त जग्गा भेटिनासाथ केन्द्र निर्माण शुरू हुने उनको भनाइ छ । उनले भने, ’पटकपटक धादिङ पुगेर हेरिरहेको म आफैं हेरिरहेको छु ।’ अहिले झण्डै पाँच–छ ठाउँमा जग्गा हेरिरहेकामा उपयुक्त स्थान छनोट हुने बताइएको छ । यसले गर्दा सवारीसाधनका कारण हुने धूलो र हिलो कम हुने विश्वास गरिएको छ ।
उपत्यकाबाहिरदेखि आउने सवारीसाधन मात्रै नभएर उपत्यकाभित्रै गुड्ने सवारीसाधनले समेत उपत्यकाका सडक फोहर बनाइरहेको महानिर्देशक हमालले बताए । काठमाडौं उपत्यकाका सडक धूलो र हिलोका कारण उपत्यकावासी हैरान छन् । काठमाडौं महानगरपालिका, ललितपुर मानगरपालिका, सडक विभाग लगायतले सडकको धूलो सफा गर्नका लागि यान्त्रिक कुचो (ब्रुमर) सञ्चालन गरिरहेका छन् । सवारीसाधनबाटै भित्रने फोहर, निर्माण सामग्रीलगायतले दैनिक फोहर भित्र्याउँदा सडक धूलो र हिलोमुक्त भने बन्न सकेको छैन ।





प्रतिकृया