• १९ भदौ २०८३, शुक्रबार
  • १०ः४७ राती

कोरोना भाइरस प्रकोप, बुधबार मात्रै ३८ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ माघ १६ गते, बिहीबार ११:०५

एजेन्सी, कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १७० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १७० जनाले ज्यान गुमाएका छन् भने झन्डै ८ हजारमा यसको संक्रमण देखिएको छ ।

बुधबार मात्रै ३८ जनाको मृत्यु भएको छ भने थप एक हजार ७ सय ३७ जनामा यसको संक्रमण फैलिएको छ। बिहीबार बिहानसम्म आएको तथ्याङ्कअनुसार ७ हजार ७ सय ७१ जनामा यसको संक्रमण देखिएको छ।

Kamana Sewa

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहान कोरोना भाइरसको संक्रमण एकअर्कामा सर्ने बताएको छ। आयोगले हाछ्युँ गर्दा वा खोक्दा निस्कने थुक र्र यालको छिटाबाट कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने जानकारी दिएको हो।
चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले चीनका सबै प्रान्तमा फैलिएको छ। बुधबार तिब्बतमा पनि कोरोना भाइरसको पहिलो संक्रमणको पुष्टि भएको छ।

Classic Tech Desktop

विश्वका विभिन्न देशमा पनि फैलिएको छ। चीन बाहेकका विभिन्न देशमा ९० भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ। चीनबाहिर भने अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको नियन्त्रणका लागि चीनसँग सहकार्य गरेर अघि बढेको बताएका छन्। उनले आफूहरुसँग विश्वका सबै ठाउँमा विशेषज्ञ रहेको र चौबीसै घण्टा निगरानी गरिरहेको बताएका छन्।

कहाँ कति संक्रमित?

चीन ( १७० मृत्यु, ७७७१ संक्रमित)
थाइल्यान्ड ( १४ जना संक्रमित)
सिंगापुर ( १० जना संक्रमित)
हङकङ, ताइवान ( ८/८ जना संक्रमित)
मलेसिया ( ७ जना संक्रमित)
अस्ट्रेलिया, अमेरिका, मकाओ, फ्रान्स ( ५/५ जना संक्रमित)
जापान ( ६ जना संक्रमित)
जर्मनी, दक्षिण कोरिया ( ४/४ जना संक्रमित)
भियतनाम, क्यानडा ( २/२ जना संक्रमित)
नेपाल, कम्बोडिया, श्रीलंका, तिब्बत ( १/१ जना संक्रमित)

प्रतिकृया