• २५ भदौ २०८३, बिहीबार
  • ४ः२१ बेलुका

टेक्नोलोजी मा दिनप्रतिदिन अगाडी बढदै नेपाल ,श्रम स्वीकृतिका लागि रकम अनलाइनबाटै दिनमिल्ने

प्रकाशित मिति

२०७६ माघ १४ गते, मंगलवार ०८:१२

श्रम स्वीकृतिका लागि बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएसँगै विदेशबाटै पुनः श्रम स्वीकृति लिने बाटो खुलेको छ ।

National Life

वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ ।

सम्झौतासँगै विदेशमा रहेका नेपाली दूतावासबाटै पनि पुनः श्रम स्वीकृति लिने बाटो खुलेको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो अनलाइन बीमा भुक्तानी कम्पनी बनेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बीमा कम्पनी अनलाइन प्रणालीमा आएसँगै कम्पनीका जुनसुकै शाखाले बीमा पोलिसी जारी गर्न सक्नेछ र अब श्रम तथा रोजगार कार्यालयको वरिपरि रहेको बीमा कम्पनीको कार्यालयसम्म धाउनु बाध्यताको पनि अन्त्य भएको छ । गोरखापत्र दैनिक

प्रतिकृया