• २५ भदौ २०८३, बिहीबार
  • ५ः०२ बेलुका

धुमपान गर्ने पुरुषको बच्चा कमजोर हुने

प्रकाशित मिति

२०७६ माघ १४ गते, मंगलवार ०७:५०

श्रीमती गर्भवती भएको समयमा धुमपान गर्ने पुरुषका बच्चामा शुक्राणुको मात्रा अन्य व्यक्तिको तुलनामा ५० प्रतिशत कम हुने एक अध्ययनले देखाएको छ ।

National Life

स्वीडेनको लन्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको एक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । अध्ययनकर्ताहरुले स्वीडेनका १७ देखि २० वर्ष उमेर समूहका १०४ जना युवकमाथि अनुसन्धान गरेका थिए ।लन्ड विश्वविद्यालयका विशेषज्ञ जोनाथन एक्सेलसनका अनुसार बुवाको धुमपान गर्ने बानीले बच्चामा शुक्राणुको मात्रा निकै कम हुने गर्छ । आमा निकोटिनको सम्पर्कमा नहुँदा पनि यो अवस्था देखिएको छ ।

गर्भवती महिला निकोटिनको सम्पर्कमा आउँदा बच्चामा पर्ने प्रभावको बारेमा अध्ययन गरेका थिए । अध्ययनकर्ताका अनुसार श्रीमानको धुमपान गर्ने बानीले गर्भमा रहेको बच्चाको प्रजनन क्षमतामा असर पार्ने देखिएको छ । धुमपान गर्ने व्यक्तिको बच्चामा अन्य बच्चाको तुलनामा शुक्राणु संख्या ५१ प्रतिशतसम्म कम हुन सक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।फरकधार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया