यसै बर्ष वरुण धवन बिवाह गर्दै
प्रकाशित मिति
२०७६ माघ ८ गते, बुधबार १०:३७
काठमाडौं । बलिउडका चर्चित अभिनेता वरुण धवन अहिले आफ्नो नयाँ फिल्म ‘स्ट्रिट डान्सर’को प्रचारमा व्यस्त रहेका छन् ।
हालै वरुण आफ्नो प्रेम जीवन र विवाहको कारणले पटकपटक चर्चामा आइरहेका छन् । वरुणले निर्देशक तथा निर्माता करण जोहरको ’कफी विड करण’ नामक शोमा नताशासँग प्रेममा रहेको स्वीकारेका थिए ।
भारतीय मिडियाका अनुसार वरुण र नताशाले यसै वर्षको मे महिनामा बिहे गर्दैछन् । उनीहरूले आफ्नो वेडिङ डेस्टिनेशन गोवाको सुमुद्री तटलाई बनाउने योजना बनाइरहेका छन् ।
विवाहमा मेहेन्दी, संगीत तथा अन्य समारोहको आयोजना हुनेछ । विवाहमा वरुण र नतासाको घर परिवार र उनीहरुको नजिकको एकदम मिल्ने साथीहरूको मात्र उपस्थिति रहने बताइएको छ ।
वरुण र नताशाले आफ्ना निकट बलिउडकर्मीलाई मे महिनाको दोस्रो र तेश्रो साताको बीचमा समय निकाल्न पनि खबर गरिसकेका छन् ।
‘कुली नम्बर १’ र ‘मिस्टर लेले’को काम सकेपछि वरुण बिहेको तयारीमा लाग्ने भएका छन् । कलेजको समयदेखि नै नताशासँग प्रेममा रहेका वरुणले आफ्नो प्रेमसम्बन्ध गोप्य राखेका थिए ।
पछिल्लो समय वरुण र नताशा सधै साथ–साथ देखिँदै आएका छन् भने उनीहरू नयाँ वर्षमा संगै स्वीट्जरल्याण्ड घुम्न गएका थिए ।






प्रतिकृया