• २५ भदौ २०८३, बिहीबार
  • ४ः०० बेलुका

गायिका आस्था राउत सिक्किम मै,नेपाल आएपछि मुद्दा चलाउने प्रहरीको तयारी

प्रकाशित मिति

२०७६ माघ ८ गते, बुधबार ०९:३५

काठमाडौं । यही माघ १ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा विमानस्थलको आन्तरिक टर्मिनलमा चेकिङका क्रममा ज्याकेट खोल्ने विषयमा गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच सामान्य विवाद भयो। विवाद तत्कालका लागि भनाभनमा गएर टुंगियो।
त्यही विषयमा पछि गायिका राउतले प्रहरीप्रति आक्रोश पोख्दै आफूलाई अभद्र व्यवहार गरेको भन्दै गाली गरेर भिडियो फेसबुकमा राखेपछि फेरि विवाद सुरु भयो।
आस्थाको भिडियोले प्रहरी संगठनमा आँच पुगेको भन्दै प्रहरीले पनि विमानस्थलमा उनले महिला प्रहरीसँग झगडा गरेको सीसीटीभी फुटेज सार्वजनिक गरिदियो।
त्यसअघि नै आस्थाले गल्ती महसुस गर्दै फेसबुकमा बोलेका कुराप्रति माफी मागिसकेकी थिइन्। तर प्रहरी यतिबेला उनलाई जसरी पनि पक्राउ गर्न अग्रसर देखिएको छ।
प्रहरी जवान श्रेष्ठलाई उजुरी गर्न लगाएर अभद्र व्यवहारसम्बन्धी मुद्दामा आस्थाविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको छ। सामान्य विवादमा प्रहरी गायिका राउतविरुद्ध प्रतिशोधमा उत्रिएको भन्दै प्रहरी कदमको आलोचना भएको छ।

National Life

धेरैले प्रहरीको यस्तो कदम गलत भएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन्। खासगरी कलाकारहरूले प्रहरीको कदमको विरोध गरिरहेका छन्।
पूर्वप्रहरीहरूसमेत यस्तो विवादलाई मुद्दा चलाउनुपर्ने अवस्था नभएको बताउँछन्। गायिका राउत यतिबेला सिक्किममा छिन्। नेपाल आएपछि उनलाई नियन्त्रणमा लिई बयान गराएर मुद्दा चलाउने तयारी छ।
यस्तो मुद्दामा एक वर्षसम्म कैद सजाय हुने गरेको छ। तर सामान्यतया आरोपितहरू न्यूनतम धरौटीमा छुट्ने गर्छन्। प्रहरीमा जोहरी दर्ता भए पनि सरकारी वकिलले मुद्दा नचलाउने निर्णयसमेत गर्न सक्छन्।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेललाई यो विषय फौजदारी मुद्दा चलाउनैपर्ने विषय लाग्दैन।
‘मैले पनि एयरपोर्टको सीसीटीभी भिडियो हेरें,’ आयोगमा प्रहरीसम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारीसमेत पाएका पौडेलले भने, ‘त्यो हेर्दा प्रहरी र गायिका दुवैको गल्ती देखिन्छ। त्यसकारण त्यत्तिकै आधारमा आपराधिक मुद्दा चलाउनु गलत हो।’

परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार अब आस्थाको मुद्दा कानुनीरुपमै किनारा लाग्छ । उनले भने,‘‘प्रहरीको अनुसन्धान पूरा भइसकेको छ । आस्था आइसकेपछि सरकारी वकिलको कार्यालयमा उनको बयान हुन्छ । बयान सकिएपछि प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गरिनेछ ।’’
एक वर्षसम्म सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले फैसला सुनाउन सक्ने एसएसपी सुवेदी बताउँछन् । एक प्रहरी अधिकारीले भने,‘‘यो प्रमुख जिल्ला अधिकारीको अधिकारको कुरा हो । आस्था राउतलाई साधारण तारेखमा छाड्ने सम्भावना बढी छ । उनले गल्ती स्वीकारेर माफी पनि मागिसकेको अवस्थामा यो विषय धेरै तन्किन्छ जस्तो लाग्दैन ।’
आस्था भारतबाट फर्केकी छैनन् । उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सामाजिक सञ्जालमा पनि पक्ष र विपक्षमा बहस जारी छ । प्रहरीभित्रै एकथरीको तर्क छ–प्रहरीले मुद्दै चलाउन नहुने । अर्कोथरीको तर्क छ–सेलिब्रेटी भन्दैमा मनलाग्दी गर्न कहाँ पाइन्छ ?

Classic Tech Mobile
Classic Tech Desktop

आस्थाले फेसबुक लाइभमार्फत अर्को भिडियो जारी गरेर माफी मागिसकेकी छन् ।
यस्तोमा दुई विकल्प छन–साधारण तारेखमा छाड्ने वा धरौटी लिएर छाड्ने । सुरुमै जेल भने पठाइँदैन । दुई विकल्पमा जुनसुकै आदेश भए पनि मुद्दाको फैसला भने केही समयभित्र सुनाउनुपर्छ ।

प्रतिकृया