अमेरीकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग
प्रकाशित मिति
२०७६ माघ ८ गते, बुधबार १०:५४
Mandatory Credit: Photo by Evan Vucci/AP/Shutterstock (10358411u)
President Donald Trump talks to reporters on the South Lawn of the White House, in Washington, as he prepares to leave Washington for his annual August holiday at his New Jersey golf club
Trump, Washington, USA - 09 Aug 2019
काठमाडौं। अमेरीकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगमा संसदको माथिल्लो सदनमा सुनुवाई सुरु भएको छ ।
सीनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच म्याककोनेल मुख्य गवाही तथा दस्तावेजलाई रोक्न खोजिरहेका छन् । तर डेमोक्रेट्सले भने यसो गरे घटनामा पर्दा लाग्ने भन्दै महाअभियोग सम्बन्धि सुनुवाई गर्ने नियम नै फेरबदल हुनु पर्ने बताउँदै आएको छ ।
राष्ट्रपति ट्रम्पमाथि यूक्रेनको मामलामा शक्तिको दुरुपयोग गरेको आरोप छ । राष्ट्रपति ट्रम्पले यो आरोप अस्वीकार गर्दै आएका छन् ।
सीनेट सदस्यले निष्पक्ष न्यायाधीश जस्तै छानबिन गर्ने सपथ लिएका छन् । सुनुवाई हप्तामा ६ दिन र दैनिक ६ घण्टा हुने छ । महाअभियोगको सुनुवाई अमेरिकाका मुख्य न्यायाधीशको उपस्थितीमा भइरहेको छ ।






प्रतिकृया