• १६ असोज २०८३, शुक्रबार
  • २ः५० दिउँसो

लियोनी बोलिन मिटु अभियानबारे

प्रकाशित मिति

२०७६ पुष २० गते, आईतवार ०२:५९

मुम्बई, बलिउड अभिनेत्री सन्नी लियोनीले मिटु अभियानबारे यसो भनेकि छिन ‘उत्पीडन विरूद्ध बोल्ने आँट गर्न सके परिवर्तन सम्भव छ ।’ महिला सशक्तिकरण र मिटु अभियानले बलिउडको मानसिकता परिवर्तन गरिदिएको उनी बताउँछिन्। संसारभर मिटु अभियान सञ्चालन भइरहँदा महिलामाथि हुने यौन हिंसाविरुद्ध विश्वभरका महिला एकजुट भएर अभियान आउनु सकारात्मक कुरा भएको बताइन्। हलिउडबाट सुरु भएको यो अभियानले गत वर्ष बलिउडमा प्रवेश गरेर सनसनी मच्चाएको हो ।

National Life

‘अधिकांश महिलाले यौन उत्पीडनको मुद्दाहरूका बारे कुरा गरेर हिंसा र यौन दुव्र्यवहार गर्ने पीडकहरूलाई उनीहरुको गल्ति महसुुस गराएका छन् । यो राम्रो परिवर्तन हो। यौन दुव्र्यवहारको सिकार पुरुषपनि हुन सक्छन्, ’उनले भनिन्, ‘यौन हिंसाको भोगेकाहरूले बोल्ने आँट गर्छसक्नुपर्छ। तबमात्र परिवर्तन सम्भव छ र न्याय पाउछन्।’

ह्यासट्याग राखी मिटु आफूमाथि भएको दुव्र्यवहार सामाजिक सञ्जालमा भाइरल गराउँदै दोषीलाई कठघरामा उभ्याउने यो अभियान इगो साँध्ने माध्यम बनिरहेको भनेर आलोचित भएको थियो। बलिउडमा विकास बहल, चेतन भगत, गुरसिमरन खम्बा, कैलाश खेर, रजत कपुर, आलोक नाथ, अनु मलिक र साजिद खान जस्ताले यौन दुव्र्यवहार गरेको कुरा बाहिर आएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया