• २१ भदौ २०८३, आइतबार
  • ७ः५३ बेलुका

महतोले भने: नेकपासँगको २ बुँदे सम्झौताले मात्रै सरकारमा जाने बाटो खुल्दैन्

प्रकाशित मिति

२०७६ पुष १० गते, बिहीबार ०७:५१

काठमाडौं, राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै भेटवार्ता नगरेको स्पष्ट पारेका छन् । रिपोर्टर्स नेपाल डटकममा बुधवार साँझ प्रकाशति समाचार ओली–महतो गोप्य भेट, राजपा सरकारमा सहभागी १ शीर्षकको समाचारमाथि महतोले आपत्ति जनाएका छन् ।

National Life

उनले हुँदै नभएको कुरा लेखेर आफूलाई बदनाम गर्न खोजिएको भन्दै कडा आपत्ति जनाएका छन् । रिपोर्टर्स नेपाल डटकमलाई विशेष स्रोतले उक्त भेटवार्ताबारे जानकारी दिएको थियो । सोही सूचनाका आधारमा समाचार प्रकाशति गरिएको भएपनि सम्बन्धित व्यक्तिले नै उक्त समाचारको खण्डन गरेका छन् । महतोले आफू बालुवाटार नगएको र प्रधानमन्त्री केपी शर्मा ओलीसँगपनि भेट नभएको जिकिर गरेका छन् ।

राजपा सरकारमा सहभागी हुन्छ त भन्ने प्रश्नमा महतोले तत्काल सरकारमाा जाने कुरा नभएको जिकिर गरे । क्लबको केही दिनअघिको साक्षात्कारमा समेत महतोले भनेका थिए,”नेकपासँगको २ बुँदे सम्झौताले मात्रै सरकारमा जाने बाटो खुल्दैन्, राजपाको माग र मुद्दा सम्बोधन भए सरकारसँग सहकार्य हुनसक्छ । ”

Classic Tech Desktop

उनले आफूहरुले अघि सारेका कुनैपनि माग र मुद्दा अहिलेसम्म सम्बोधन नभएको भन्दै गुनासो पोखेका थिए । उनको भनेका थिए,”हाम्रो मुख्य माग भनेको संविधान संशोधन नै हो, पहिला संविधान संशोधन हुनुपर्छ । र, आन्दोलनकारीमाथि लगाईएको झुठा मुद्दा फिर्ता लिनुपर्छ । रेशम चौधरीलाई रिहाई गर्नुपर्छ

प्रतिकृया