• २१ भदौ २०८३, आइतबार
  • ७ः०२ बेलुका

‘बेटर नेपाल’द्वारा भ्रमण वर्ष–२०२० लक्षित पदयात्रा कार्यक्रम घोषणा

प्रकाशित मिति

२०७६ पुष ९ गते, बुधबार ०५:०९

काठमाडौं, नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर ‘हेरिटेज वाक’ हु्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ‘बेटर नेपालले’ उक्त पदयात्रा गर्ने घोषणा गरेको हो । ‘नेपालको सम्पदा हाम्रो गौरब’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । उक्त पदयात्रामा बेटर नेपालको संयोजकत्वमा अन्य ३० वटा भन्दा बढी सामाजिक संघसंस्थाहरु आबद्ध कार्यक्रमकी अध्यक्ष माला खरेलले बताईन् । उनले यस कार्यक्रममा नेपालका तीनै तहका सरकारका निकाय, सुरक्षा निकाय, युवा विद्यार्थी, विशिष्ट कलाकारहरु, सरसफाई अभियन्ता, सामाजिक अभियन्ता, पत्रकार र नागरिकहरुको सभागिता रहने बताईएको छ ।

National Life

कार्यक्रमा अन्तर्राष्टिय धावक बैकुण्ठ मानन्धरले उक्त पदयात्रा सरसफाइको लागि मात्र नभएर स्वास्थ्यको लागि पनि महत्वपूर्ण हुने बताए । उनले भने,‘हामीले तेस्रो, चौथो मुलुकका डलरवालाभन्दा धर्म, संस्कार, संस्कृति, भेषभुषा मिल्ने नजिकका छिमेकीलाई भ्रमण वर्षमा बढी आकर्षित गर्नुपर्छ । किनभने भारत र चीनमा हिन्दू र बौद्धिष्टहरु बढि छन् । उनीहरुलाई नेपालमा ल्याउन सकियो भने भ्रमण फलदायी हुनेछ ।’

प्रदेश नम्बर ३ का सांसद् गणेश दुलालले पनि भ्रमण वर्षमा छिमेकी मुलुकका पर्यटकहरुलाई आकर्षित गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका संयोजक किशोर सिंह शाहीले पदयात्राले पर्यटन प्रवद्र्धनमात्रै नगरेर स्वास्थ्यलाई फाईदा हुने डाक्टरले पनि प्रमाणित गरेको बताए ।

Classic Tech Desktop

कार्यक्रममा चक्रपपथ सफाइ अभियन्ता ताराबहादुर कुँवर, विष्णुमति सरसफाइ अभियन्ता शोभाकान्त पराजुलीले पनि नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरसफाईलगायत विभिन्न नेपालको संस्कार, संस्कृति, कलाकृति झल्किने काममा जोड दिनुपर्ने बताए । कार्यक्रम सञ्चालन किशोर सिंह शाही गरेका थिए । पदयात्रा कार्यक्रम यही पुस १२ शनिबार पशुपति मन्दिर परिसरबाट विहान ८.१५ बजेदेखि सुरु भएर वसन्तपुर दरबार पुगेर समापन हुनेछ । पुस १९ गते शनिबार माइतीघर मण्डलादेखि स्वयम्भु स्तुपासम्म विहान ८.१५ देखि नै हुने पनि आयोजकले जनाएको छ ।

पुष २६ गते शनिबार पाटनढोकादेखि पाटन कृष्ण मन्दिरसम्म विहान ८ः१५ मै सम्पन्न हुनेछ । त्यसैगरी माघ ४ गते शनिबार नयाँ ठिमी शंखधरचोकबाट भक्तपुर दरबार परिसरसम्म बिहान ८ः१५ बजे नै हुनेछ ।

प्रतिकृया