द भ्वाइस अफ नेपाल सिजन २ मा राम लिम्बु विजयी
प्रकाशित मिति
२०७६ मंसिर २२ गते, आईतवार १०:०६
काठमाडौं, द भ्वाइस अफ नेपाल सिजन २ मा राम लिम्बु विजयी हुनु भएको छ । प्रमोद खरेलको टिमका राम लिम्बु राजधानीको ह्यात ग्राउण्डमा शनिवार भएको भव्य ग्राण्ड फिनालेमा भोटका आधारमा विजयी हुनुभएको हो ।
साउन ३१ देखि शुरु भएको यो रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी शोमा ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए । विजेता राम लिम्बुले नगद रु. १२ लाख र गाडी प्राप्त गर्नु भएको छ । उहाँले एक म्युजिक एल्बममा गीत गाउने अफर समेत पाउनुभएको छ ।
तीमध्ये ग्राण्ड फिनाले राउण्डमा ४ प्रतियोगी छनोट भएका थिए । कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलका लागि छनोट भएका थिए ।
शनिवार भएको ‘द भ्वाइस नेपाल २’ ग्राण्ड फिनालेमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।






प्रतिकृया