• ३१ भदौ २०८३, बुधबार
  • ५ः३८ बेलुका

शिक्षामन्त्री  पोखरेलद्धारा अनुसन्धान केन्द्रको शिलान्यास

प्रकाशित मिति

२०७६ मंसिर २२ गते, आईतवार ०४:३०

काठमाडौ‌ँ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनुसन्धान केन्द्रको शिलान्यास गर्नुभएको छ ।  बल्खुस्थित जनप्रशासन क्याम्पस नजिक बन्ने अनुसन्धान केन्द्रलाई ‘नेशनल एटमोस्फेरिक रिसर्च एण्ड इन्भारोमेन्टल रिसर्च ल्याब्रोटरी (नारेल)’ नाम दिइएको छ । सो अनुसन्धान केन्द्रमा वायु ऊर्जा, मौसम पूर्वानुमानका साथै आणविक भट्टी दुर्घटना हुँदा पर्नसक्ने असरबारेसमेत अनुसन्धान गर्न सकिने छ ।
उक्त भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले अनुसन्धानका लागि चाहिने आवश्यक सामाग्री उपलब्ध गराउनका लागि सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।  अनुसन्धान भवन निर्माणका लागि सरकारले दुई करोड बजेट छुट्याएको थियो । यद्यपि एक करोड २३ लाख रुपैयाँमा भवन निर्माणको टेण्डर भएको छ । अनुसन्धान केन्द्रमा दुई दर्जनभन्दा बढी अनुसन्धानकर्ताहरुले चौबीसै घण्टा अनुसन्धान गर्न सक्ने छन् ।

National Life

प्रतिकृया