• १ असोज २०८३, बिहीबार
  • ६ः०२ बेलुका

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रकाशित मिति

२०७६ मंसिर १९ गते, बिहीबार ०४:२६

pm kp oli

काठमाडौँ, स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओली बिहीबार डिस्चार्ज हुनुभएको हो ।

National Life

उहाँलाई दिउँसो ३ः४५ मा अस्पतालले डिस्चार्ज गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । अस्पतालले डिस्चार्ज गरेपछि प्रधानमन्त्री ओली बालुवाटार निवासमा आराम गर्नु हुनेछ । ओलीको उपचारमा संलग्न चिकित्सकले केही दिन अस्पतालमै राख्ने सोच बनाए पनि उहाँले निवासमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि चिकित्सकहरुले डिस्चार्ज गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ ।

प्रतिकृया