• १ असोज २०८३, बिहीबार
  • ९ः२८ राती

सीमा विवाद बारे मैले अन्तराष्ट्रियकरण गर्नै हुँदैन भनेको होइन, प्रक्रिया अनुसार जानुपर्छ भनेको हो : अध्यक्ष दाहाल

प्रकाशित मिति

२०७६ मंसिर १९ गते, बिहीबार ०५:०९

धनगढी, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमा समस्या सामाधानका लागि तत्काल अन्तराष्ट्रियकरण नगरी प्रकियागत रुपमा अगाढी बढ्नु पर्ने बताउनुभयो । बिहीवार धनगढीमा पत्रकारहरू सँग कुरा गर्दै प्रचण्डले सीमा विवाद कुटनीतिक रुपमा सामाधान गर्नु पर्ने बताउनुभयो ।

National Life

सीमा विवादका विषयमा भारत सँग आफूले कूटनीतिक पहल गर्नुपर्छ भन्ने आफ्नो भनाइ रहेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘मैले अन्तराष्ट्रियकरण गर्नै हुँदैन भनेको होइन, प्रक्रिया अनुसार जानुपर्छ भनेको हो । अहिले कूटनीतिक पहल गरौं र भएन भने बल्ल अन्तराष्ट्रियकरण गरौं भनेको हुँ ।’

प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता नेपाललाई बोलाएर सीमासम्बन्धी विषयमा कुरा गर्न भारत जानुप¥यो भनेर भनेको सत्य रहेको प्रचण्डले बताउनुभयो । ‘प्रधानमन्त्रीले उहाँलाई बोलाएर भारत जानुप¥यो भन्नुभएको साँचो हो, यो बाहिर आइसकेको छ,’ प्रचण्डले भन्नुभयो, ‘त्यसको निम्ति आवश्यक पर्ने प्रक्रिया, भारतसँग हुनुपर्ने पत्राचार, भेटघाटको सुनिश्चितता फाइनल भइसकेको छैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीको अस्वस्थता देखेर आफूले चीन भ्रमण स्थगित गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री स्वस्थ भएर नियमित काम गर्ने स्थितिमा फर्केपछि मात्र चीन भ्रमणमा जाने आशय व्यक्त गर्नुभएको छ ।

प्रतिकृया