• २० भदौ २०८३, शनिबार
  • ११ः०९ राती

पातन्जल योग समितिले विशेष योग शिविर गदै

प्रकाशित मिति

२०७६ कार्तिक ३० गते, शनिबार १०:२३

भक्तपुर ,मंसिर १ गतेदेखि पातन्जल योग समिति नेपाल र गोल्डन सुनगाभा स्कुलबाट विशेष योग शिविर गरिदै ।चांगुनारायण नगरपालिका,भक्तपुर ,नबराज काफ्ले,०७६ कार्तिक २९ पातन्जल योग समिति नेपाल र गोल्डन सुनगाभा ई सेकेण्डरी स्कुलको संयुक्त आयोजनामा ०७६ मसिर १ गतेदेखि ५ गतेसम्म नेपालका योग आयुर्वेद क्षेत्रका अब्बल व्यक्तित्वहरु बाट चाँगुनारायण नपा,वडा.२ स्थित गोल्डन सुनगाभा स्कुलको प्राङ्गणमा स्वास्थ्यको लागि स्वस्थ जीवन शैली विषयक ५ दिने निशुल्क विशेष योग विज्ञान शिविर सम्पन्न गरिने भएको छ ।

National Life

सो शिविर कार्यक्रमको पहिलो दिन मसिर १ गते डा. हरि प्रसाद पोखरेलज्यु द्वारा प्राकृतिक चिकित्सा ,अजिर्ण रोग र प्राकृतिक जीवनशैलि,२ गते डा. आनन्द गैरे बाट ध्यान एवम यौगिक जीवनशैली,३ गते डा .चन्द्रमणी खनाल र डा.अर्पणा भट्ट बाट योग दर्शन र हिलिङ्ग चिकित्सा, ४ गते डा।राजु अधिकारी बाट आहार एवम विहार , ५ गते डा। क्षितिज बराकोटी बाट बालमनोविज्ञान र मानसिक स्वास्थ्य विषयमा विशेष प्रशिक्षण गरिने पातन्जल योग समिति जिल्ला शाखा भक्तपुरका सचिव एवम सो शिविर कार्यक्रमका संयोजक शृजना मल्ल ठकुरीले जानाकारी गराउनु भएको छ ।

५ सय भन्दा बढी सहभागी हुने अपेक्षा राखिएको सो शिविरमा भक्तपुर जिल्लाका विभिन्न भुगोलबाट उपस्थित बालबालिका एव उनिहरुका अभिभावक विच सो कार्यक्रम सम्पन्न गर्न लागिएको आयोजक सस्था गोल्ड्न सुनगाभा स्कुलका प्रधानाध्यापक महेश गौतमले अवगत गराउनु भयो । त्यसैगरी पातन्जल योग समिति नेपालका केन्द्रिय सल्लाहकार एवम सोही स्कुलका व्यवस्थापन समिति अध्यक्ष लिलानाथ निरौलाले विशेष विषयगत दख्खल व्यक्तित्वहरु बाट प्रशिक्षण गराईने सो शिविरमा सम्पुर्ण योग प्रेमीहरुलाई सहभागिता जनाई भरपुर फाईदा उठाउन हुन अनुरोध समेत गर्नु भएको छ ।

Classic Tech Desktop

भक्तपुर जिल्लाका जनप्रतिनिधिहरुलाई पनि सहभागी गराई सम्पन्न गरिने सो शिविरमा पातन्जल योग समिति नेपालका केन्द्रिय सरक्षक बालमुकुन्द सुवाल,केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदी,केन्द्रिय सदस्य एवम दन्त चिकित्सा डा. सुवास घिमिरे,केन्द्रिय सदस्य डा .शशिधर खनाल,केन्द्रिय सदस्य डा .मणीराम डागी,केन्द्रिय सदस्य डा. प्रकाश पाण्डे,वरिष्ठ योग प्रशिक्षक दिर्घराज गिरि द्वारा पनि विशेष प्रशिक्षण गराईने गरि कार्यतालिका बनाईएको पातन्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुरका सदस्य एवम चाँगुनारायण समितिका अध्यक्ष सुवर्ण न्यौपाने बताउनु हुन्छ ।

विशेष सांगितिक कार्यक्रमहरुलाई पनि जोडिएको सो शिविर प्रत्येक दिन विहान ५ बजेदेखी ७ बजे सम्म हुने पातन्जल योग समिति नेपाल भक्तपुरका अध्यक्ष योग प्रसाद आचार्यले वताउनु भएको छ ।

प्रतिकृया