• ३ साउन २०८३, आइतबार
  • ४:५९ बेलुका

म चाँगुनारायणको पहरेदार भएर काम गर्नेछु : श्यामप्रसाद नेपाल (उम्मेदवार,राप्रपा)

प्रकाशित मिति

२०७६ कार्तिक २७ गते, बुधबार १०:२७

भक्तपुर ,देशका बिभिन्न क्षेत्रमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । त्यसमध्य भक्तपुर प्रदेशसभा १ क (चाँगुक्षेत्रमा)पनि उपनिर्वाचन हुँदैछ र यतिबेला उपनिर्वाचनको माहौल छाएको छ । यहाँ बिभिन्न दल र स्वतन्त्र उम्मेदवार जनमत माग्न सकृय छन् । ति मध्य एक हुन् ,राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्यामप्रसाद नेपाल । उम्मेदवार नेपालसँग निर्वाचनको लागि पार्टी र उहाँको तैयारी,निर्वाचनमा जित्ने आधार ,लगायत समसामयिक बिषयमा मातृभुमि न्युज डट कमका लागि बन्दना खड्काले गरेको कुराकानीको सार :

निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ?

Kamana Sewa

हामीले निर्वाचनको तयारी लगभग अन्तिममा पुर्याएका छौं । हाम्रो निर्वाचन क्षेत्रमा १० वटा वडा छ । १० ओटै वडामा निर्वाचन कमिटि गठन गरिसकेका छौं । निर्वाचन मुल कमिटिले आफ्रनो सबै संयन्त्र तयार गरिसकेको छ । हामी निवार्चनको तयारीमा लागि सकेका छौं ।

Classic Tech Desktop

तपाईले जित्ने आधार के ?

म एउटा पार्टीको भएता पनि निस्कलंक छु । हाम्रो पार्टीले राष्ट्रियताको आधारमा उठाईएका मुद्धाहरु सबल र समृद्ध बन्दै गएका छन् । जनजिबिका र सामाजिक दायित्व पुरा गर्नमा हाम्रो पार्टी अग्रपंक्तिमै छ । यस पटक हाम्रो क्षेत्रमा भएका मतदाताहरुले बिगतमा भए गरेका पार्टीहरुले गरेको राज्य संचालनको व्यवस्था ,जनता माथि गरेको शासन देखसकेका छन् ,।यसरी शासन हैन जनताको सेवक भएर काम गर्नूुपर्छ भन्ने मुल धारा लिएर हामी चुनावमा उत्रिएका छौं । यहि पाठ सिकाउनको लागी जनताले हामीलाई भोट दिनुहुन्छ । हाम्रो जित निश्चित छ ।

पार्टीको अस्तित्व देखाउन मात्र त उठ्नुभएको होईन नि ?

पार्टीको अस्तित्व देखाउन हैन , अस्तित्व जोगाउन उठेको हो । आम जनताको सेवा गर्न र जनप्रतिनिधि भनेको केहो भन्ने अरु पार्टीका जनप्रतिनिधिहरुलाई पाठ सिकाउन चुनावमा उठेको छु । यस पटक जनताले हामीलाई अवस्य माया गर्नु हुन्छ यसमा म बिस्वस्त छु ।

पार्टीभित्र चुनावमा उठ्ने आकांक्षी त धेरै हुन्छन् तपाईले टिकट पाउनु भयो ,अन्य आकांक्षीलाई कसरी मिलाएर एकताबद्ध बनाउनुहुन्छ ?

उम्मेदवारी मनोनयन दर्ता हुनु अगाबै पार्टीमा आकांक्षी हुनु स्वभाविकै हो ।यस्लाई हामीले सकारात्क रुपमा लिएका छौं । आकांक्षी साथीहरुलाई जिल्लामा बैठक राखेर मलाई सर्वसम्वत् निर्णय गरेको हो । आकांक्षी साथीहरु मिल्नु भएको छ हामीमा दुबिधा छैन ।

पार्टीले तपाईलाई नै पत्यायो र छान्यो किन होला ?

पार्टी प्रतिको लगाब ,निरन्तरता र पार्टीले दिएको हर जिम्मेवारी मैले पुरा गरेको हुनाले यो अवसर पार्टीले मलाई दिएको हो ।

मतदातामा तपाईको अपिल के ?

मतदातालाई यस पटकको निर्वाचनमा गाई चिन्हमा मतदान गरेर मलाई बिजयी गराई दिनुहुन म अनुरोध गर्दछु । अनुरोध यस कारण गदर्छु ,उम्म्ोदवारी भएर हैन आम चाँगुानरायण बासीको रक्षक भएर काम गर्नेछु ।सम्पुर्ण चाँगुनारायण बासीको पहरेदारको रुपमा काम गर्नेछु । मलाई यस पटक भोट दिनुहुन सबैमा अनुरोध गर्दछु ।

तपाई उठ्नु भएको क्षेत्रमा राप्रपाको अवस्था अलि कमजोर छ भनिन्छ नि ?

संगठनको रुपमा कमजोर देखिएता पनि हाम्रो सैद्धान्तिक तह र हाम्रा गतिबिधहरु ,सामाजिक दायित्व हामीले पुरा गर्दै आएको हुनाले यस पटक मतदाताले हामीलाई असाध्यै रुचाउनु भएको छ । हाम्रो जित निश्चित छ ।

त्यहाँ राप्रपा संयुक्तका उम्मेदवारको उम्मेदवारी दर्ता बदर भएको छ,यसको मत प्राप्त गर्ने सन्दर्भमा राप्रपाले लाभ लिन सक्छ ?

हामीलाई सत प्रतिसत लाभ प्राप्त हुन्छ । राप्रपा संयुक्तको बदर सुनियोजित ढङगबाट भएको हो ।बदर हैन ,राप्रपा संयुक्तले राप्रपा एक हो है भन्ने उदेश्यले साझा उम्मेदवार जनताका माझ लानको निमित्त र आम देशव्यापी रुपमा राप्रपा एक भयो भने राम्रो परिणाम निस्कन्छ भन्ने सन्देश दिनको लागी राप्रपा संयुक्तले यो जानी जानी गराएको हो ।

तपाईको क्षेत्रमा अलि बढि नेकपा,कांगेस र नेमकिपा कै पकड भएको गत निर्वाचनले देखाएको छ नि ? यस पटक आफ्नो पकड कसरी जमाउने पहल गदै हुनुहुन्छ ?

बिगतको चुनावी परिणाम जे भए पनि नेकपा,,कांग्रेस र नेमकिपाको मत धेरै देखिएता पनि यस पटक त्यहाँका आम जनमानसमा निरास छाएको छ । नेकपाको दूई तिहाईको दमन, कांग्रेसको प्रतिपक्षको निर्दयता र नेमकिपाका क्षेत्रिय दल भएकाले राष्ट्रियता ,जनजिविका, सुरक्षाको सवालमा हामीलाई अरु दल प्रति भरोसा छैन , यस पटक राप्रपालाई हामी हाम्रो जनप्रतिनिधि ,नेताको रुपमा चुनेर भोट दिन्छौ भन्ने मतदाताको भनाई छ । त्यसकारण हामी यो पटक अब्लव हुनेछौं ।

यस बिषयमा दुई पार्टीबिच छलफल भएको छ ?

छलफल हाम्रो भएको छ । हामी निष्र्कषमा पुगिसकेकाछौं ।

तपाईलाई मतदाताले किन मत दिने ?

हामीले भष्टाचार, अन्याय अत्याचारको बिरोध गरेका छौं। हाम्रो पार्टीले उठाएको राष्ट्रिय मुद्धाका आधारमा ०६२÷६३ साल देखिनै यो ब्यवस्थाले राष्ट्रियताको संरक्षण हुन सक्दैन् । राष्ट्रिय एकता धरापमा पर्छ, आपसी सद्भाव भाईचाराको सम्बन्ध बिग्रनसक्छ भन्दै आएका थिया,ैं आज त्यहि परिणाम देखिएको छ । यस कारणले गर्दा मतदाताले हाम्रो पार्टीलाई भोट दिनुहुन्छ ।

अब राप्रपा देशको बैकल्पिक शक्ति बन्छ भन्ने तपाईहरुको भनाई छ? यसको आधार के ?

राप्रपा बैकल्पिक शक्ति भएर उदाएन भने राष्ट्रियताको संरक्षण हुदैन । धर्मको रक्षा हुदैन ,सांस्कृतिक संपदाहरुको अतिक्रमण भएको छ । बैदेशिक हस्तक्षेप भएको छ । भष्टचारले सिमा नाघेको छ ,भष्टाचारको बिरुद्धमा सत्तापक्ष र प्रतिपक्ष मौन छ । यस कारण जनताले राप्रपालाई बैकल्पिक शक्तिको रुपमा हेरेका छन् । यस पटकको निर्वाचनमा जनताले गाँई चिन्हमा भोट हालेर देशब्यापी रुपमा राप्रपा उदायो भन्ने सन्देश दिने छन् भन्ने कुरामा हाम्रो पार्टी बिश्वस्त छ ।

यो उपनिर्वाचनलाई जनमतको सन्देश दिने अवसर भनिदैछ ,यो उपनिर्वाचनबाट राप्रपाले केही सन्देश दिन सक्ला जनतालाई ?

नेकपाको दूई तिहाईको दमन, कांग्रेसको प्रतिपक्षको निर्दयता र नेमकिपाका, क्षेत्रिय दल भएकाले जनतामा निरासा छाएको छ । देशमा चरण रुपमा भष्टाचार,हत्या हिंसा, सिमा अतिक्रमण भएको छ ,यसमा सत्ता पक्ष र प्रति पक्ष मौन रहेका छन् । बिगतको दिनमा राप्रपा जनताले अपेक्षा गरे अनुसारको नभएता पनि राष्ट्रियता,धर्म संस्कृति,परम्पराको सवालमा कुनै आँच आउने काम नभएका ,भष्टाचारको बिषयमा राप्रपा पार्टीका प्रधानमन्त्रीदेखि मन्त्रालय चलाएका मन्त्रीहरुमा समेत कहि कतै बदनामी नदेखीएका हुनाले ,देश चलाउन सक्ने पार्टी राप्रपा नै हो भन्ने जनताले सोचिसकेका छन् । यस पटकको चुनावमा जनताले अन्य पार्टीहरुलाई यो सबक सिकाउने छन् ।राप्रपालाई भोट दिएर देशको बैकल्पिक शक्ति बनाउने छन् ।

अन्तमा मतदातामा तपाईको अपिल सन्देश केही छ कि?

यस पटकको चुनावमा राप्रपा भएर हैन आम चाँगुनारायण बासीको छोरा ,दाजुभाई सम्झेर गाँई चिन्हमा मतदान गरेर मलाई बिजयी गराउनु होला । म चाँगुनारायणको पहरेदार भएर काम गर्नेछु । यहाँको समस्याको उर्जागर गर्नेछु । प्रदेश सभामा सशक्त रुपमा यहाँको समस्या लाने र समाधान गर्नेछु । यहाँको नागरीकको सुरक्षामा सधै तत्पर हुनेछु । आम मतदातालाई यस पटकको निर्वाचनमा गाई चिन्हमा मत दिएर मलाई बिजयी गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु ।

प्रतिकृया