‘क्लिन फिड’को तरंगले नेपाली विज्ञापन बजारमा १० अर्बबाट २० अर्बमाथि पुग्ने
प्रकाशित मिति
२०७६ कार्तिक २७ गते, बुधबार ०९:२८
काठमाडौं, क्लिन फिड लागू हुनेगरी कार्यान्वयनमा आएको विज्ञापन नियमन गर्ने ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्बमाथि पुग्ने भएको छ ।
सो ऐन राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएपछि विज्ञापन एजेन्सीहरू खुसी भएका छन् भने नेपालको विज्ञापन बजारमा नयाँ तरंग छाएको छ । नेपाल विज्ञापन संघका वरिष्ठ उपाध्यक्ष सोमप्रसाद धितालका अनुसार यो ऐनको सशक्त कार्यान्वयन हुन सके नेपाली विज्ञापन उद्योग र समग्र मिडिया उद्योग सबल र सक्षम हुनेछन् ।
अहिले नेपालको विज्ञापन बजार आधिकारिक रूपमा नै ९ अर्बभन्दा बढीको छ । क्लिन फिड लागू भएपछि भारतीय उद्योग र अन्य बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा छुट्टै विज्ञापन दिनुपर्छ भन्ने मान्यता स्थापित हुनेछ र यसले विज्ञापन उद्योग २० अर्बभन्दा माथि जानेछ ।
विगत धेरै वर्षदेखि नेपाली मिडिया र विज्ञापन उद्योगहरूले नेपाल सरकारसँग क्लिन फिड नीति लागू गर्न माग गर्दै आएका थिए ।‘क्लिन फिड’ भनेको नेपालको सीमाभित्र प्रसारण हुने विदेशी टिभी च्यानलमा राखिने विज्ञापन नेपालमा नै छनोट गरिएको हुनुपर्ने भन्ने हो ।
स्वदेशी उत्पादन र उद्योगलाई पनि यो नीतिले सहयोग गर्ने भएकाले नेपाली मिडिया उद्योगहरूले यसलाई स्वागत गर्दै आएका छन् । राजधानी दैनिकबाट साभार






प्रतिकृया