• १ असोज २०८३, बिहीबार
  • १ः२८ राती

हामी मेडिकल माफियाको मुटु थर्काउन काठमाडौं आएका हौं : विप्लवपुत्र प्रकाश चन्द ठकुरी

प्रकाशित मिति

२०७६ कार्तिक २० गते, बुधबार ०४:१४

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवपुत्र प्रकाश चन्द ठकुरीले मेडिकल माफियाको मुुटु थर्काउन काठमाडौं आएका बताएका छन् । चिकित्सा शिक्षा संघर्ष समिति बनाएर मेडिकल शिक्षा सुधारको माग राख्दै आन्दोलनमा उत्रिएका विद्रोही प्रकाश चन्द ठकुरीले माफियालाई परास्त गरेरै छाड्ने बताएका छन् ।

National Life

संघर्ष समितिका संयोजक समेत रहेका प्रकाशले मंगलबार आन्दोलनरत विद्यार्थीको माझ भने, ‘हामी मेडिकल माफियाको मुटु थर्काउन काठमाडौं आएका हौं ।’ उनले मेडिकल गुण्डा र माफियालाई धुलोमा ल्याउने चेतावनी दिए । माफियाले प्रशासनलाई बसमा राखेको आरोप लगाए । प्रकाशले मेडिकल शिक्षा सुधारको माग गर्दै डडेल्धुराबाट आन्दोलन शुरु गरेका डा.गोविन्द केसीको समर्थन गरेका छन् । मेडिकल माफियाविरुद्ध गोविन्द केसी अनसनमा बस्ने अवस्था आएको भन्दै त्यस्तो अवस्था आउननपर्ने परिस्थिति निर्माण गर्ने बताए ।

प्रतिकृया