• २२ भदौ २०८३, सोमबार
  • ११ः०६ बिहान

बजारमा नक्कली चुरोट

प्रकाशित मिति

२०७६ कार्तिक १८ गते, सोमबार ०९:१५

काठमाडौं, भारतसँग सीमा जोडिएका तराईका अधिकांश बजारमा सूर्य नेपालका उत्पादनसँग मिल्दाजुल्दा नक्कली चुरोट खुलेआम बिक्री भइरहेको छ। जनकपुर क्षेत्रमा नेपाली ब्रान्ड सूर्य नेपालका खुकुरी र शिखर जस्ता देखिने नक्कली चुरोटको बिगबिगी बढेको हो। बजारमा जताजतै नक्कली चुरोट बिक्री हुँदा पनि भन्सार र प्रहरी प्रशासन उदासीन छ।

National Life

यसको सोझो असर सरकारले करोडौंको राजस्व गुमाउनुपरेको छ भने नेपाली कम्पनीलाई पनि असर परेको छ। सूर्य नेपालका अनुसार धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्रान्डका नाममा भारतीय नक्कली चुरोट बिक्री वितरण भइरहेको हो। यो समस्या २ नम्बर प्रदेशका आठै जिल्लामा छ।

केही दिनअघि जनकपुर भन्सारले धनुषाको गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर एक लाख १४ हजार रूपैयाँभन्दा बढी मूल्यका खुकुरी र शिखर ब्रान्डको नक्कली चुरोट बरामद गरेको थियोे। नागरिक दैनिकबाट साभार

Classic Tech Desktop

प्रतिकृया