• २२ भदौ २०८३, सोमबार
  • १२ः५७ राती

कास्की उपनिर्वाचनमा विद्या भट्टराईको नाम टुंगो लग्यो, औपचारिक जानकारी सोमबार

प्रकाशित मिति

२०७६ कार्तिक १७ गते, आईतवार ०४:३९

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की निर्वाचन क्षेत्र नं. २ मा पूर्वमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा सचिवालय बैठकले शनिबार भट्टराईको नाम टुंगो लगाएको हो ।

National Life

कास्की जिल्ला कमिटीले भट्टराईको नाम सिफारिश गरेपनि अन्य आकांक्षीमध्येका सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङको नाम केन्द्रले पठाएपछि प्रतिष्पर्धा भएको थियो । तर, गत वर्षको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीको ठाउँमा उहाँकै पत्नीलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

भट्टराईको नाम टुंगो लगाएपनि औपचारिक जानकारी भोलि गराइने बुझिएको छ । भट्टराई विगतमा अनेरास्ववियूको राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ अखिलको सचिव समेत हुनु भएको हो । राजनीतिबाट टाढिएर प्राध्यापनमा छिन् । अब उहाँ पुनः राजनीतिमा आउने अवस्था बनेको छ ।

Classic Tech Desktop

प्रतिकृया