• १९ भदौ २०८३, शुक्रबार
  • १२ः४२ दिउँसो

करोडौको अनमोलको नयाँ गाडी

प्रकाशित मिति

२०७६ कार्तिक १५ गते, शुक्रबार ११:५३

काठमाडौं, युवा अभिनेता अनमोल केसीले जिपकम्पासलाई आफ्नो यात्राको साधनका रुपमा रोजेका छन्।लक्ष्मीपूजाका दिन आफ्ना बुवा तथा अभिनेता भुवन केसीसँग गाडी किन्न पुगेका अनमोलले एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालको हातबाट सेतो रंगको जिपकम्पास डेलिभरी लिएका हुन्।

नेपालमा सार्वजनिक भएको एक वर्षमै जिपकम्पासले आफूलाई सबैभन्दा बढी खोजिएको र सबैभन्दा बढी रोजिएको ‘फोर–डोर, फाइभ–सिटर’का रुपमा स्थापित गर्न सफल भएको कम्पनीको दाबी छ। यो अवधिमा दुई सय ५० भन्दा बढी युनिट जिपकम्पास बिक्री भइसकेको पनि कम्पनीले जनाएको छ। जिपकम्पास पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध रहेको उल्लेख छ। डिजेल भर्सन २.० लिटल मल्टिजेट टर्बोचाज्र्ड इन्जिनमा उपलब्ध रहेको र यसले अधिकतम १७० बिएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्ने जनाइएको छ।

Kamana Sewa

त्यसैगरी, पेट्रोल भर्सनमा १.४ लिटर टर्बो युनिट रहेको छ जसले १६० बिएचपी बराबरको अधिकतम पावर र २५० एनएमको अधिकतम टर्क उत्पन्न गर्छ। नेपालमा जिपकम्पासको मूल्य ७३ लाख ९० हजारदेखि एक करोड २४ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया