• १९ भदौ २०८३, शुक्रबार
  • १०ः२७ राती

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

प्रकाशित मिति

२०७६ कार्तिक ३ गते, आईतवार १०:४१

काठमाडौँ, ३ कार्तिक । देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको औषधिसमेत खुवाइने छ । ६ देखि दुई वर्षसम्मका बालबालिकाहरुलाई सुक्ष्म पोषकतत्व ‘बालभिटा’ पनि वितरण गरिने योजनासमेत छ ।

Kamana Sewa

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखाका अनुसार पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय निकायका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि ९अलबेन्डाजोल० खुवाउने कार्यक्रम रहेको जानकारी दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया