• २ असोज २०८३, शुक्रबार
  • ३ः४७ दिउँसो

आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने

प्रकाशित मिति

२०८३ आश्विन २ गते, शुक्रबार ०२:४४

२ असोज २०८३ काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ स्वीकृतिको मापदण्ड थप कडा बनाउने तयारी गरेको छ। बोर्डले सार्वजनिक गरेको मस्यौदामा प्रतिशेयर नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओ निष्कासनको अनुमति नदिने प्रस्ताव गरिएको छ।

National Life

हाल ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ अनुमति नदिइँदै आएकोमा अब अंकित मूल्यकै बराबर नेटवर्थ हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो।

मस्यौदामा कम्पनीको वित्तीय अवस्था, आम्दानीको गुणस्तर, नगद प्रवाह, ऋण तिर्ने क्षमता, संस्थागत सुशासन र कानूनी अनुपालनलाई समेत मूल्यांकनको आधार बनाउने प्रस्ताव गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओमा जान चाहने कम्पनीले पछिल्ला तीन आर्थिक वर्षका लेखापरीक्षण भएका वित्तीय विवरण सार्वजनिक गर्नुपर्नेछ। आईपीओबाट उठेको रकम तोकिएको उद्देश्यमा मात्र प्रयोग गर्नुपर्ने र त्यसको नियमित विवरण बोर्डमा बुझाउनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

जलविद्युत् कम्पनीले भने आयोजना निर्माणका क्रममा आम्दानी नहुँदा खर्च बढेर नेटवर्थ घट्न सक्ने भन्दै प्रस्तावित व्यवस्थाले परियोजना विकासमा चुनौती थपिन सक्ने बताएका छन्।

प्रतिकृया