दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
प्रकाशित मिति
२०८३ आश्विन २ गते, शुक्रबार ०९:२१
२ असोज २०८३ काठमाडौं — दार्चुला पावर लिमिटेडले साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव आगामी दशौँ वार्षिक साधारण सभामा पेश गर्ने भएको हो।
कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले असोज २३ गते शुक्रबार दशौँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ। सभा काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान १० बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा छलफल हुनेछ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीको साधारण शेयर आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव राखिएको छ। आईपीओ निष्कासनका लागि आवश्यक पूँजी संरचनामा संशोधन गर्नुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
त्यस्तै, कम्पनीले निर्माण तथा विकास गरिरहेका आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको तोकिएको सीमाभन्दा बढी कर्जा अनुमोदन गर्ने प्रस्ताव पनि सभामा राखिनेछ। आयोजनाको विकास, निर्माण तथा सञ्चालनका लागि थप कर्जा आवश्यक परेमा त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत रहेको छ।
सभामा सञ्चालकको बैठक भत्ता, भ्रमण खर्च तथा अन्य पारिश्रमिक अनुमोदन गर्ने र सहायक कम्पनीमा गरिएको लगानी अनुमोदन गर्ने प्रस्ताव पनि छलफल हुनेछ।आईपीओ निष्कासन तथा कम्पनी अद्यावधिक गर्ने क्रममा नियमनकारी निकायबाट आवश्यक संशोधन गर्नुपर्ने भएमा त्यससम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गरिने कम्पनीले जनाएको छ।






प्रतिकृया