• १ असोज २०८३, बिहीबार
  • २ः१७ दिउँसो

सिद्धार्थ बैंकले घोषणा गर्‍यो २० प्रतिशत लाभांश

प्रकाशित मिति

२०८३ आश्विन १ गते, बिहीबार १२:१३

१ असोज २०८३ काठमाडौं — सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। असोज १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड रुपैयाँको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

National Life

यस्तै, बैंकले अग्राधिकार शेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति पाएपछि बैंकको आगामी साधारण सभाले पारित गरेसँगै मात्रै शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया