• १४ भदौ २०८३, सोमबार
  • १०:४८ बिहान

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालन

प्रकाशित मिति

२०८३ भाद्र १५ गते, सोमबार १०:३०

काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप ७ स्थानमा सेवा सुचारु गरेको छ । योसँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइट सञ्चालनमा आएका छन् ।

रसुवाको नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइट लगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइटमा सेवा सुरु भएको हो । नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटमा पनि सेवा सुरु भएको छ ।

Kamana Sewa

रसुवा बोर्डर बीटीएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएका छन् ।

Classic Tech Desktop

अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ, आमाछोङदिमो गाउँपालिका वडा नम्बर ५ लगायतका स्थानमा मोबाइल सेवा उपलब्ध भएको छ ।छापथोके साइटबाट बेत्रावती, काउली, त्रिशुली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ क्षेत्रमा सेवा पुग्ने छ ।

यस्तै, जिपजिपे साइटबाट कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी र देउरालीडाँडा सेवा पुग्ने बताइएको छ ।

त्यसैगरी गत्लाङ बीटीएस साइटमार्फत गत्लाङ, गोल्जुङ, चिलिमे, ठुलो भार्खु, शेर्पा गाउँ, ठुलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिममा सेवा उपलब्ध हुनेछ । चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटबाट बिदुर नगरपालिकाको वडा नम्बर १२ र १३ मा मोबाइल सेवा सुचारु भएको टेलिकमले जनाएको छ ।

टेलिकम प्रवक्ता डा. कमल लामिछानेका अनुसार, विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमका प्राविधिक निरन्तर खटिइरहेका छन् र सेवा सुनिश्चिततामा टेलिकम प्रतिवद्ध छ ।

प्रतिकृया