• १३ भदौ २०८३, आइतबार
  • १०:१८ बिहान

रसुवाको बाढीले त्रिशूलीको जलसतह तीव्र बढ्यो, नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता

प्रकाशित मिति

२०८३ भाद्र १४ गते, आईतवार ०८:१४

१४ भदौ २०८३ काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीको जलसतहमा तीव्र वृद्धि भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७ बजेको मापनमा धादिङको गल्छीस्थित जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतह उल्लेख्य रूपमा बढेको छ। भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण तल्लो तटीय क्षेत्रमा जोखिम बढेको जनाइएको छ।

साथै, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएकाले नारायणी नदी तथा यसका सहायक नदीहरूमा समेत जलसतह थप बढ्ने अनुमान गरिएको छ। महाशाखाले जारी गरेको विशेष सूचनामा रसुवाबाट आएको बाढी र गण्डकी प्रदेशमा भइरहेको भारी वर्षाका कारण नारायणी नदीको जलसतह बढ्दो क्रममा रहेको जनाएको छ।

Kamana Sewa

यससँगै चितवन, नवलपरासीलगायत नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आज दिनभर उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी किनारमा नजान तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया