• १२ भदौ २०८३, शनिबार
  • २:१८ बेलुका

रसुवा बाढी : त्रिशूली ‘ए’को सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र

प्रकाशित मिति

२०८३ भाद्र १३ गते, शनिबार ०२:०९

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले प्रयास तीव्र बनाएको छ। विगत दुई दिनदेखि जारी उद्धार अभियानअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप गति दिइएको छ।

टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी सुरुङको मुखमा जमेको लेदो तथा भग्नावशेष पन्छाउँदै खोजी तथा उद्धार कार्य अघि बढाएको हो।

Kamana Sewa

सुरुङको मुख खोल्न तथा खोजी कार्यलाई तीव्र बनाउन शुक्रबार रातिदेखि नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जनासहित ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ।

Classic Tech Desktop

तर, प्रभावित क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। उद्धार टोलीले जोखिमबीच सुरुङको प्रवेशद्वार खोल्ने र भित्र फसेका व्यक्तिहरूको खोजी गर्ने काम जारी राखेको छ।

यसैबीच, उद्धारमा सहयोग गर्न आएको भारतीय टोली पनि त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरेको छ।

प्रारम्भिक अनुगमनपछि आवश्यकता र अवस्थाको मूल्याङ्कन गरी भारतीय टोलीले थप खोज तथा उद्धार कार्यमा सहयोग गर्ने योजना बनाएको जनाइएको छ।

Files, images, and data analysis are unavailable until usage resets at 3:43 PM. Continue chatting with text only, or upgrade for more access.Try Plus free

प्रतिकृया