• १२ भदौ २०८३, शनिबार
  • २:२९ बेलुका

शव सड्न थालेपछि चितवनमा २ सय २९ अज्ञात शव गाड्ने निर्णय

प्रकाशित मिति

२०८३ भाद्र १३ गते, शनिबार ०१:२०

१३ भदौ २०८३ काठमाडौं – रसुवा बाढीमा परी चितवन जिल्लाका विभिन्न स्थानबाट हालसम्म सङ्कलन गरिएका २ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शव जमिनमुनि गाडेर व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

पहिचान भएका चार वटा शवबाहेक बाँकी शव सडेगलेको अवस्थामा पुगेका र संक्रमण तथा महामारी फैलिने उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले शव व्यवस्थापनको यस्तो निर्णय गरेको हो।

Kamana Sewa

होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटीय क्षेत्रबाट सङ्कलन गरिएका शव तथा शवका अवशेषहरू कुहिन थालेको र दुर्गन्धका कारण संक्रमण एवं महामारी फैलिन सक्ने भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका थिए। सोही राय र विश्लेषणका आधारमा शवहरूलाई थप सड्न–गल्न नदिन तथा सुरक्षित र कानुनी रूपमा व्यवस्थापन गर्न बाध्यात्मक रूपमा जमिनमुनि गाड्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

Classic Tech Desktop

जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको बैठकले पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम शवहरूको व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।

भविष्यमा शवहरूको पहिचान गर्न सहज होस् भनेर सबै शवको डीएनए नमूना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा विस्तृत अभिलेख सुरक्षित राखिने जनाइएको छ। शवहरूको अन्तिम व्यवस्थापन भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि गाडेर गरिने विज्ञप्तिमार्फत प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिएका छन्।

बाध्यात्मक परिस्थितिका कारण शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले पीडित परिवारजनमा पर्न गएको असुविधाप्रति क्षमायाचनासमेत गरेको छ।

प्रतिकृया